Title: रोडम्याप
Author: WordPress.org
Published: डिसेम्बर 1, 2025

---

# रोडम्याप

वर्डप्रेस गुटेनबर्ग परियोजनामार्फत लगातार विकास हुँदै गएको छ, जुन वेबमा सामग्री 
कसरी सिर्जना र व्यवस्थापन गरिन्छ भन्नेबारेको दीर्घकालीन पुनर्कल्पना हो, जसको लक्ष्य
व्यक्तिगत, स्रष्टा, र आधुनिक व्यवसायहरूका लागि सशक्त वेब उपस्थितिमा पहुँच विस्तार
गर्नु हो। चरण १ ले वर्डप्रेस ५.० मा ब्लक सम्पादक परिचय गर्यो, जबकि चरण २ साइट सम्पादनमा
केन्द्रित भयो, जसको परिणामस्वरूप वर्डप्रेस ६.३ मा साइट सम्पादकको शुभारम्भ र शक्तिशाली
ब्लक-आधारित उपकरणहरू आए, जसले सम्पूर्ण साइटभरि विस्तार पाउँछन्। आज, चरण ३ प्रगतिमा
छ, जसको केन्द्रमा सहकार्यात्मक सम्पादन र कार्यप्रवाहहरू छन्, जसले वर्डप्रेसमा तत्काल
सहकार्य र थप सहज प्रकाशन प्रक्रियाहरू ल्याइरहेको छ। साइट सम्पादन, यसको घटकहरू, र
अन्य सक्रिय फिचर कार्यबारे थप विस्तृत जानकारीका लागि [फिचर परियोजनाहरूको परिदृश्य](https://make.wordpress.org/core/features/)
हेर्नुहोस्।

परियोजनामा २०२६ का लागि निम्न [प्रमुख लक्ष्यहरू](https://make.wordpress.org/project/2026/01/23/big-picture-goals-for-2026/)
छन्:

 * **कोर विकास र वर्डप्रेस ७.०** — वर्डप्रेस ७.० ले [२०२६ मा तीनवटा मुख्य रिलिजहरू](https://make.wordpress.org/project/2025/12/18/proposal-2026-major-release-schedule/)
   मार्फत [चरण ३](https://make.wordpress.org/core/tag/phase-3/) सहकार्य सुविधाहरू,
   क्लाइन्ट-साइड मिडिया ह्यान्डलिङ, प्रतिक्रियाशील स्टाइलिङ कन्ट्रोलहरू, र रचनात्मकता
   तथा कार्यसम्पादन बढाउनका लागि विस्तारित ब्लक उपकरणहरूलाई अगाडि बढाउने।
 * **स्पष्ट सुरक्षा सीमाहरू र मापदण्डहरूसहित सर्वत्र एआई** — सिर्जना, कार्यप्रवाह
   र योगदानलाई सरल बनाउन वर्डप्रेसको सम्पूर्ण अनुभवभर सोचपूर्वक एआई इम्बेड गर्नुहोस्—
   साथै पारदर्शिता, प्रयोगकर्ता कन्ट्रोल र वर्डप्रेसका मानहरूलाई कायम राख्ने परियोजना‑
   व्यापी दिशानिर्देशहरू स्थापना गर्नुहोस्।
 * **मिटअपहरूमा रूपान्तरण** — नयाँ सुरुवात गर्नेहरूले सँगसँगै सिक्न, आत्मविश्वास
   विकास गर्न, र अर्थपूर्ण योगदानकर्ताको भूमिकामा रुपान्तरण हुन सहयोग गर्ने सक्रिय,
   व्यावहारिक समुदाय केन्द्रका रूपमा स्थानीय [मिटअपहरू](https://events.wordpress.org/)
   लाई सुदृढ गर्नुहोस्।
 * **समुदाय, शिक्षा, र योगदानकर्ता पाइपलाइन** — [शिक्षा कार्यक्रमहरू](https://wordpress.org/education/)
   विस्तार गर्नुहोस् र योगदान गर्ने मार्गहरू स्पष्ट पार्नुहोस् ताकि नयाँ योगदानकर्ताहरूले
   सजिलै अनबोर्ड हुन, टिमहरूसँग जडान हुन, र निरन्तर परियोजना भूमिकाहरूमा वृद्धि 
   गर्न सकून्।

संलग्न हुन चाहनुहुन्छ? [Make WordPress](https://make.wordpress.org/) मा जानुहोस्
र वर्डप्रेस विकास, डिजाइन, डकुमेन्ट, अनुवाद र बजारिकरण गर्दै गर्नुहुने व्यक्तिहरूसँग
भेट गर्नुहोस्।

## भविष्यका रिलिजहरू

हाम्रो [इस्यु ट्रयाकर](https://core.trac.wordpress.org/) मा आगामी ठूला संस्करणको
प्रगति अनुपालन गर्नुहोस्। तलका अनुमानित मितिहरू केवल सामान्य योजना प्रयोजनका लागि
मात्र हुन्।

| **संस्करण** | **योजना गरिएको** | 
| ७.२ | १० डिसेम्बर २०२६ |

रिलिजको गुणस्तर र कार्यसम्पादनमा पूर्ण रूपमा ध्यान दिन रिलिज हुनुभन्दा एक महिना 
अघि नै नयाँ सुविधाहरू फ्रिज गरिन्छ।

तपाईँले हाम्रो [इतिहास पृष्ठ](https://wordpress.org/about/history/) मा विगतका रिलीजहरूको
सूची हेर्न सक्नुहुन्छ।

## दीर्घकालीन रोडम्याप

स्मरणको लागि, यी गुटनबर्ग परियोजनामा उल्लिखित चार चरणहरू हुन्:

 1. सहज सम्पादन — वर्डप्रेसमा पहिले नै उपलब्ध छ, निरन्तर सुधारहरूका साथ
 2. अनुकूलन — साइट सम्पादन, ब्लक प्याटर्नहरू, ब्लक डाइरेक्टरी, ब्लक थिमहरू
 3. [सहकार्य](https://make.wordpress.org/core/tag/phase-3/) — सामग्री सहलेखन गर्ने 
    अझ सहज तरीका
 4. बहुभाषी — बहुभाषिक साइटहरूको लागि कोर कार्यान्वयन